कक्षा १२ को नतिजा


 कक्षा १२ को नतिजा : कुन प्रदेशमा कति जनाले ल्याए ४ जीपीए  ?






रोल्पा : कक्षा १२ को परीक्षामा ९ हजार ५९१ जनाले ४ जीपीए ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी  ६ हजार ७५२ जनाले ४ जीपीए ल्याएका छन्। सबैभन्दा कम कर्णाली प्रदेशमा २४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।


यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ४४ जनाले ४ जीपीए ल्याएका छन्। कोशी प्रदेशमा ८५६ जना, गण्डकीमा ५४४ जना,  मधेशमा २५० सुदूरपश्चिम प्रदेशमा १२१ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन्। 
४ जीपीए ल्याउनेमा छात्रको संख्या बढी छ। ५ हजार ५४७ जना छात्रले ४ जीपीए ल्याउन सफल भएका छन्। ४ जीपीए ल्याउने छात्राको संख्या  ४ हजार ४४ रहेको छ।


परीक्षामा सहभागी विद्यार्थी ३ लाख ९० हजार ८६८ मध्ये ५२ दशमलव ९१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन्।  १ लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका छन्।
गत वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो।

 




No comments:

Post a Comment